सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

चार रेक्टरस्केल भन्दा ठूलो ५ सय ३५ परकम्प

कात्तिक २० गते । 

२०७२ सालको विनाशकारी भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५ सय ३५ परकम्प गएको  छ । ७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर गएको भूकम्पपछि चार रेक्टरस्केल ठुलो ५ सय ३५  परकम्प गएको हो ।

भूकम्पविद्हरु नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बताउछन् । चार रेक्टरस्केल भन्दा साना परकम्प ५० हजार भन्दा बढी गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति र्पुयाएको थियो ।

भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । पछिल्लो समय देशको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: