शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आगलागीबाट १ लाख बराबरको क्षती

गाईघाट, कात्तिक २० गते । 

गाईघाटमा आगलागी हुदाँ एक लाख बराबरको क्षती भएको छ । त्रियुगा नगरपालिका–११ को बज्रसिंह बस्नेतको घरमा आगलागी हुदा एक लाख बराबरको क्षती भएको हो ।

गत राती करिब १ बजे विद्युत सर्ट भई एक्कासी आगो लाग्दा दुई तले घरमा आगो लाग्दा उक्त मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । घरको तल्लो तलाको सटर भाडामा लिएर अर्जुन साहले संचालन गर्दे आएको युडी स्टोर्स, किचन घर र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल न. ५ गण गाईघाटबाट खटेका संयुक्त प्रहरी टोलीले रातको करिब १ः३० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: