शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

ब्लड क्यान्सर पिडिलाई १ लाख ८१ हजार आर्थिक सहयोग

उदयपुर, कात्तिक २० गते । 

उदयपुरका क्यान्सर पिडित राजन कार्कीलाई स्थानीय अगुवाको सक्रियतामा १ लाख ८१ हजार आर्थिक सहयोग जटेको छ । स्थानीय अगुवाका सक्रियतामा ब्लड क्यान्सर पिडित कार्कीलाई १ खाल ८१ हजार ५ सय २१ रुपैयाँ आर्थिक सहयोग जुटाएको हो ।

त्रियुगा नगरपालिका–६ धनचक्रे निबासी ४४ वर्षीय कार्कीलाई रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र रासकोटी, पिडितको भाई टेकबादुर कार्की लगायतका स्थानीय अगुवाका पहलमा उक्त आर्थिक सहयोग जुटाएको रासकोटीले बताए ।

ब्लड क्यान्सर जस्ता घातक रोग लागेको र आर्थीक अवस्था नाजुक भएका कार्कीलाई बचाउँनका लागि चिने जानेको र आफन्तलाई आर्थिक सहयोगको पहल गरेको साकोटीले बताए । सहयोगी हातहरुबाट उठेका आर्थिक सहयोग पिडितको भाई र छोरालाई हस्तान्तरण गरेको उनले बताए ।

एक चपरी पनि जग्ना नभएका कार्की ऐलानि जग्गामा बस्दै ज्याला मजदुरी गर्दै आएको पिडितका भाई कार्कीले बताए । एक्कासी प्राणघातक रोग लागेपछि आफुसँग भएको सवै पैसा खर्च उनै उपचारमा खर्च भयो । आफुसँग भएको सवै सकिएपछि ऋण मागेर उपचार गराईरहेकाले आर्थीक अभाव भएपछि सहयोगी हातहरुको सहयोगका लागि अपिल गरेको उनले बताए ।

दशैँ पहिलादेखि नै ज्वरो आउने औषधी खाँदा केहि दिन निको हुने फेरी आउने गरको पिडित कार्कीको छोरा हरि कार्कीले बताए । विपि मेमोरियल अस्पतालमा चेक जाँच गराएपछि ब्लड क्यान्सर भएको लक्षण देखा परेपछि अस्पतालले भरतपुर पठाएको उनले बताए ।

करिब २० दिन अगाडी अस्पतालले दिएको रिपोर्टमा एयानएमएल ब्लड क्यान्सर भएको र लिभरले काम गर्न छाडेको देखिएको पिडितको भाई कार्कीले बताए । अहिले पिडित कार्कीले भरतपुर क्यान्सर अस्पतालमा किम्बु थेरापी गराईरहेको उनले बताए ।

अहिलेसम्म करिब ६ लाख खर्च भैसकेको र अव ७ देखि १० लाख लाग्ने डाक्टरहरुले बताएको पिडितको भाई कार्कीले बताए । करिब ७ लाख खातामा जम्मा गरेपछि मात्रै उपचार गर्न सुरु गर्दा सहज हुने डाक्टारले सल्लाह दिएकाले सहयोगको अपिल गरेको उनले बताए ।

प्रतिक्रिया

%d bloggers like this: