सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

नयाँ विद्यालय खोल्न रोक

कात्तिक २१ गते । 

काठमाण्डौमा काठमाण्डौँ महानगरपालिकाले नगर भित्र नयाँ विद्यलय स्थापना गर्न रोक लगाएको छ । महानगरले अहिले सञ्चालनमा भई रहेका विद्यालयलाई गुणस्तरीय बनाउनका लागि नयाँ विद्यालय स्थापनामा अनुमति नदिने निर्णय गरेको हो ।

विद्यार्थी भन्दा विद्यालय बढी भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको नगरको शिक्षा विभागले जनाएको छ । अहिले महानगरमा ९१ सार्वजनिक र ६ सय ४३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । उक्त विद्यालयमा १ लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् । त्यसमध्ये १ लाख ५८ हजार ९ सय ७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन रहेको विभिगले जनाएको छ ।

संघियता पछि कानूनीरूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएपछि नगरले यस्तो व्यवस्था गरेको हो । महानगरमा ९१ सामुदायिक विद्यालयमा १ हजार ८३० शिक्षक कार्यरत छन् ।

महानगरले विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालीम, सभा, अवलोकन भ्रमण, खेलकूद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमै शैक्षिक भ्रमण लगायतका कार्यमा लैजाँदा महानगर शिक्षा विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गर्न लागेको छ ।

आगामी शैक्षिकसत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: