बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

व्याडमिन्टन खेलाडीलाई खेल सामग्री सहयोग

उदयपुर, कात्तिक २२ गते । 

उदयपुरको बेल्टारमा एक ब्याडमिन्टन खेलाडीलाई खेल सामाग्री सहयोग गरिएको छ । बेल्टार व्याडमिन्टन ऐकेडेमीले आर्थिक अवस्था कमजोर भएका तथा राम्रो खेल सम्भावना र क्षमता भएका चौनपा ५ सुन्दरपुर घर भएका खेलाडी जयराम राईलाई सहयोग गरेको हो ।

उनलाई एक जोर जुत्ता, एक सेट जर्सी, एक सेट रेकेट, एक जोर निक्याप गरी आठ हजार पाँच सय ५० रुपैयाँ मुल्यको खेल सामग्री सहयोग प्रदान गरेको संस्थापक अध्यक्ष भेषबहादुर मगरले बताउनुभयो ।

खेलाडीलाई चौदण्डिगढी नगरपालिका मेयर खगेन्द्र राई, पालिका खेलकुद अध्यक्ष शशिचन्द्र राई र ऐकेडेमीका अध्यक्ष मगरले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

खेलप्रति रुचि भएका र क्षमता भएका व्यक्तिहरु आर्थिक अभावका कारण पछि नपरुन भनेर सानो सहयोग गरेको अध्यक्ष मगरले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: