सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

सुकौराको व्याड्मिन्टनमा मनोज र उद्धव प्रथम

पूणंपुष्टि, कात्तिक २३

रौतामाई ब्याड्मिन्टन क्लवको आयोजनामा सुकौरामा भएको ब्याड्मिन्टन प्रतियोगिताको आजको फाईनल खेलमा मनोज खड्का र उद्धव राउतको जोडी प्रथम भएको छ । प्रतियोगितामा लक्षजंग ठकुरी र युवराज दाहालको जोडीले दोस्रो भएका छन् । त्यस्तै तेस्रो हुनेहरुमा किसन राई र भोटराज राईको जोडी तथा राजेश कार्की र लुमिनीराम कार्कीको जोडी रहेका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमहरुलाई क्रमश ः दश, सात र पाँच हजार नगद पुरस्कारसहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका विशेष अतिथि रौतामाई गापा वडा नं. २ का अध्यक्ष खविन्द्रबहादुर रास्कोटी, वडा नं. ८ का वडाध्यक्ष टेकबहादुर बलम्पाकी मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

रौतामाई गाउँपालिकाको सहयोग रहेको अन्तर नगरपालिका तथा गाउँँपालिका व्याड्मिन्टन् बी डिभिजनको प्रतियोगिता भएको हो । नकआउट प्रणालीमा मेन्स डबल्स खेल भएको हो ।

प्रतियोगितामा सुकौरा, मुर्कुची, गाईघाट, जलजले, देउरी, राजाबास लगायतका खेलाडीहरुको सहभागिता  थियो ।

पछिल्लो समय बढ्दो ब्याड्मिन्टनको क्रेज र नयाँ तथा प्रतिभा भएका नयाँ खेलाडीहरुलाई खेलको अवसर दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सौहाद्रपूर्ण ढंगले सञ्चालन भईरहेको आयोजक क्लवका अध्यक्ष उद्धव राउतले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: