शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

कात्तिक २५ गते । 

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई लिभरपुलले ३–१ गोलले पछि पार्दै जित हात पारेको छ ।

घरेलु मैदान एनफिल्ड रंगशालामा भएको खेलको सुरु भएको ६ मिनेटमै लिभरपुलका फाविन्होले बक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएपछि टिमले अग्रता लिएको थियो । त्यस्तै १३ औँ मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गरेको थियो भने दोस्रो हाफको सुरुमै साडियो मानेले निर्णयक गोल गरेको थियो । खेलको ७८ औं मिनेटमा म्यानचेस्टरका बर्नाडो शिल्भाले १ गोल गर्दै चित्त बुझाएका थिए ।

१२ खेलबाट लिभरपुलको ३४ अंक भएको छ । समान खेलबाट दोस्रो र तेस्रो स्थानमा क्रमशः लेस्टर सिटी र चेल्सी छन् । लिभरपुलसँग पराजित भएपछि सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । १२ खेलबाट सिटीको २५ अंक मात्रै छ ।

प्रतिक्रिया