शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

तामा खानी पुनःउत्खन्न हुन सकेन

उदयपुर, कात्तिक २५ गते ।

जुन बेला आफ्नै प्रविधिले बाजे बराजुले उत्खन्न गरेको तामा खानी अझै पुनःउत्खन्न हुन सकेको छैन । छिनु र हतोडाले उत्खन्न गरेको उदयपुरको रौतामाई गाउँपालिका–५ को खानी पाखामा रहेको तामा खानी पुनःउत्खन्न हुन नसकेको हो ।

तामा खानीका] सुरुङ बाहिरी भाग

गाईघाट–पोखरी– फोक्सिन्टार–रसुवा सडक खण्डदेखि करिब ५ किलो मिटर माथि राँकुली खोलाको खानी पाखामा खानी रहेको छ । बाजेको बाजे बराजुको पालामा खानीबाट तामाको धाउ निकाले हातीपाईलेमा प्रशोधन गर्ने गरेको स्थानीय बुढापाकाले बताएका छन् ।कुन समयमा खानी पत्ता लग्यो ? कहिलेबाट खानीको उत्खन्न गर्न थालियो ? कस्ले त्यो तामाको उत्खन्न गरेको हो भन्ने कुरा कसैलाई पनि यकिन छैन । स्थानीय बुढापाकाहरुले दन्ते कथा झैँ खानीको कथा भन्ने गरेको पाईन्छ । आग्री मगर जातीले खानी उत्खन्न गरेको भन्ने बाबु बाजेले भनेको सुनेको स्थानीय जेष्ठ नागरिक पूर्णबहादुर राईले बताए ।

खानी उत्खन्न गर्ने क्रममा सुरुङको मुख पटि अवरुद्ध भएपछि सुरुङ भित्र काम गर्न पसेका सवै आग्री मगरहरु भित्रै थुनिकएर मृत्यु भएको भन्ने सुनेको स्थानीय जेष्ठ नागरिक राईले बताए । खानीबाट निकालीएको तामाबाट घरमा प्रयोग गरीने विभिन्न सामाग्री गाग्री, पाने, भाँडा, झ्याङ्गा, आमखरादेखि सँुगरलाई चारो दिने डुँहुटो समेत बनाउने गरेको सुनेको उहाँले बताए ।

नेपालमा आएका ठूल–ठूला भुकम्पले सुरुङलाई क्षती पु¥याएको अहिले दुई वटा सुरुङ मात्रै फेला परेको छ । जंगल माझको अनाकन्टर भिरमा रहेको खानीको अस्तित्वमा रहेको एउटा सुरुङको करिब १ मिटर उच्चाई, १ मिटर चौडाई र १० मिटर भित्रसम्म पस्न सकिने स्थानीय जेष्ठ नागरिक राईले बताए ।

पाखामा रहेको करिब १ मिटरसम्म लामो पत्रे ढुङ्गा खानी खन्दा निकालीएको भन्ने विश्वास गरिएको छ । जुन ढुङ्गा बाहिरको ढुङ्गासँग मिल्दैन । खानीबाट उत्खन्न गरी निकालेर प्रशोधन गरेको किटहरु अझै पनि डाँडैभरी रहेको स्थानीय राजन राईले बताए ।

खानी उत्खन्न गर्दा प्रयोग भएको छिनु डोब

जुन बेला कुनै प्रविधिको विकास भएको थिएन । त्यतिबेला छिनु र हतोडाको भरमा उत्खन्न गरिएको खानी सम्बन्धित निकायले चासो देखाएर यस्ता खानीको उत्खन्न गर्नु पर्ने स्थानीय राईले बताए । छिनु र हतोडाले खानेको खानीको अहिले सम्बन्धित निकायले चासो देखाएको छैन । खानीको सुरुङ अनाकन्टर भिरमा रहेकाले स्थानीयहरु पनि खासै त्यस ठाउँमा पुग्न नसक्ने र खासै कसैलाई पनि सुरुङ याहाँ छ भन्ने कुरा थाहा नभएको उहाँले बताए ।वडामा उक्त खानीसहित पहिला उत्खन्न भएका खानी दुई वटा रहेको छ । त्यो बेला खानीडाँडामा फलाम खानी उत्खन्न गरिएको भएपनि अहिले खानीको सुरुङसमेत नभएको रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए । उहाँले भन्नुभयो “वडामा रहेको प्राकृतिक स्रोत साधनको पालिकामा जानकारी गराईरहेका छौँ” पालिकाद्धारा खानी परिक्षणमा आएका प्राविधि टोली फर्केर गएपछि अत्तोपत्तो नहुने गरेको उहाँले बताए ।

खानी डाँडामा रहेको फलाम खानीको सर्वेक्षणमा दुई पटक विशेषज्ञ प्राविधिक टोली आएपनि फर्केर गएपछि अहिलेसम्म त्यसको नत रिर्पोट नै आयो, नत मान्छे नै, कुनै जनकारी नआएको वडाध्यक्ष राईले बताए । खानी उत्खन्न भनेको राष्ट्रिय योजनाको काम भएकाले पालिका र त्यस भन्दा माथिको निकायले यसको काम गर्ने उनले बताए ।

प्रतिक्रिया

%d bloggers like this: