मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

रुखबाट लडेर १ जनाको मृत्यु

उदयपुर, कार्तिक २६ गते ।

उदयपुरको ताप्लीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । ताप्लि गाउँपालिका–१ फलाँटे निबासीे ४५ बर्षीया भरि माया राईको मृत्यु भएको हो ।

घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा सोमवार दिउँसो पौने ३ बजे अचानक रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखबाट लडेर घाईते भएकी राईलाई उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: