मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

राउतको नेतृत्वमा प्रदेश १ मा मिडिया नेपाल गठन

कात्तिक २७ गते ।  

प्रदेश न. १मा मिडिया नेपालको अध्यक्षमा विजयकुमार राउत निर्बाचित भएका छन् । ईटहरीमा मंगलबार भएको १ न. प्रदेश मिडिया नेपालको गठन कार्यक्रमबाट निर्बाचित भएका हुन् ।

मिडिया नेपालमा निर्बाचित भएपछि राउतले आफ्नो कार्यकाल रहेसम्म मिडिया नेपालमा राजनीतिको गन्ध समेत पर्न नदिने प्रतिबद्धता जनाएको छ । पत्रकारीता पेशा नै संबेदनसिल भएकाले राजनीति घुस्न दिन नहुने उनले बताए ।

कुनै पनि राजनीतिक पार्टीमा आस्था राख्ने संस्थामा राजनीति गन्ध आउने गरेको इतिहास छ । हुन त मिडिया नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभेच्छुक संस्था भएकोले धेरैले सोच्नु होला राप्रपातिर उन्मुख भएका समाचार आउनेछन तर कदापि त्यस्तो हुन नदिने अध्यक्ष राउतले बताए ।

अध्यक्ष राउतले भने “प्रेस युनियन काँग्रेस मुखी हुन्छ मिडिया फोरम समाजबादी पार्टी मुखी हुन्छ भन्ने भ्रम अब हटाउनु पर्छ । सबै पत्रकारहरु पार्टी मुखी नभई जनतामुखी हुनु पर्छ ।”

उक्त कार्यक्रमबाट उपाध्यक्ष मधुसूदन ज्ञावाली, सचिब दिपक सुवेदी, सह–सचिव सोनाम पौडेल र सदस्यहरु क्रमश ः तारानाथ पौडेल, रमेश थापा, जुनिता लामिछाने, रमेश पौडेल, कबिर लिम्बू, सुरेश मिश्र, खेमराज सापकोटा, शिव बस्नेत, सानु नेपाल र ज्ञानेन्द्र दाहाल सहित १३ जनाको समिति गठन भएको छ ।

नवनिर्वाचित समितिका सदस्यहरु १ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरु हुन् भने अध्यक्ष राउत एकता खबर दैनिक र सदाबहार अनलाइनका सम्पादक हो ।

प्रतिक्रिया

%d bloggers like this: