सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

सहकारीको बार्षिक उत्सवमा रक्तदान

पूर्णपुष्टि, कात्तिक २७ ।

महिला जनजागृती वचत तथा ऋण सहकारी संस्था लिमिटेड उदयपुरले २१ औँ बार्षिक उत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

त्रियुगा नगरपालिका ११ स्थित आफ्नै कार्यालय अगाडी संस्थाले रक्तदान गरेको हो । रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष तेजबहादुर पाण्डेले बताए ।

उनले सहकारीलाई सामाजिक अभियानमा जोडनका निम्ति जोडनका लागि कार्यक्रमहरु आयोजना गरिएको बताए । सहकारीका लेखा संयोजक देव गिरीले रक्तदान गरी उद्घाटन गरिएको रक्तदानमा महिला र पुरुष गरी ९४ जनाले रगत दान गरेको सहकारीका व्यवस्थापक मन्जु थापाले जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले सहकारीको क्षेत्र वचत, ऋण प्रवाह मात्र नभई सामाजिक कार्यपनि भएकाले दायित्व सम्झेर सेवा गर्न आग्रह गरे । उनले सानातिना कामबाटै समाज परिवर्तन हुने भएकाले सबै सहकारी संस्थालाई सामाजिक कार्यमा अनिवार्यरुपमा सहभागि हुन अपिल गरे ।

कार्यक्रममा त्रिनपा ११ का वडाध्यक्ष विश्वराज भट्टराई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विक, जिल्ला ऋण तथा वचत सहकारी संघका अध्यक्ष सरोज बस्नेत, नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापति बिनोद बस्नेत, मासवेसका अध्यक्ष नजवुल खान लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया