सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

लागुऔषध सहित २ जना पक्राउ

बिराटनगर, कार्तिक २७ गते । 

मोरङ र सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेका प्रहरी टोलीले छुट्टा छुट्टै दुई स्थानबाट पक्राउ गरेका हुन् ।

भारतबाट नेपाल तर्फ आउँदै  गरेका को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा सवार धरान उप–महानगरपालिका–६ निबासी २८ बर्षीय सन्तोष तामाङलाई चेकजाँच गर्ने क्रममा हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको १५ ट्याब्लेट लागुऔषध नाईट्रोसन बरामद गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका–४ बाट बिराटनगर–१६ निबासी २४ बर्षीय अजित यादव लागुऔषध डाईलक्स डिसीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटेका प्रहरी टोलीले यादवको झोला चेकजाँच गर्दा झोलामा ५१ बोतल डाईलक्स डिसी बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका यादवलाई थप अनुसन्धान भईरहेको उक्त प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: