सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

पर्यटकिय क्षेत्रको विकासमा पालिकाको चासो

उदयपुर, कात्तिक २८ गते । 

पर्यटकिय क्षेत्रको विकासका लागि उदयपुरको एक गाउँपालिकाले बजेट विनियोजन गरेर लागि परेको छ । रौतामाई गाउँपालिकाले पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि ४८ लाख बजेट विनियोजन गरेको हो ।जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकिय स्थल रौता पोखरी र पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि पालिकाले तिब्रता दिएको छ । नेपाल सरकारले पर्यटन वर्षको रुपमा मनाउन लागेको सन् २०२० लाई टेवा पु¥याउने लक्ष्यका साथ पालिकाले ‘पर्यटन’ शिर्षकमा ४८ लाख बजेट विनियोजन गरेर पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि परेको पालिकाले जनाएको छ ।

विशेष गरी पालिकाले रौता पोखरीको पर्यटकिय विकासमा जोड दिएको छ । पोखरीको संरक्षण तथा प्रवद्र्धनका लागि सस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले करिब ८० लाख र प्रदेश सरकारबाट करिब ७० लाख बजेट विनियोजन भएको रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले बताउनुभयो ।

गत आर्थिक वर्ष प्रदेश सरकारको ७० लाख बजेटमा रौता पोखरी त्रिभि पदमार्ग र बाह्य पदमार्ग र दुई वटा गजेपु निर्माण भएको छ । पोखरीमा खानेपानीको समस्या समाधान गर्नका लागि पालिकाले ५ लाख बजेटमा खानेपानीको व्यावस्थापन भएको छ । पालिकाले ओडार झर्ना पुग्नका लागि पदमार्ग समेत निर्माण गरेको राईले बताउनुभयो ।

उक्त पोखरी भित्रि पदमार्ग करिब २ सय मिटर र बाह्य पदमार्गमा पोखरी पुग्नका लागि र पोखरीबाट माथि डाँडा पु¥याएर घुमाएर दक्षिण–पश्चिम भञ्ज्याङसम्म करिब ४ सय मिटर सिँढी, रेलीङ र दुई ठाउँमा बस्ने ठाउँ (गजेपु) निर्माण भएको नेकपा उदयपुर जिल्ला कमिटि सदस्य तथा स्थानीय केशव राईले बताउनुभयो ।

रौता पोखरी समुन्द्रि सतहदेखि करिब २१ सय मिटर उच्चाईमा रहेको छ । प्राकृतिक सौदर्यताले भरिपूर्ण रौता पोखरी पुग्नका लागि सदरमुकामदेखि उत्तरी पहाडी डाँडामा पुग्न करिब ४२ किलोमिटर कच्चि सडकको यात्रा गर्नु पर्दछ । पोखरीबाट उत्तरमा सर्वोच्च शिखर सगरमाथा, लोहत्से, चोयु, कुम्भकर्ण, कन्चनजंघा, मकालु लगायतका ८ हजार भन्दा अग्ला विश्व कहलाएका हिमालको साथमा अन्य उच्च हिमशृङ्खलाहरु खुल्ला आँखाले प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने स्थानीय राईले बताउनुभयो ।त्यस्तै दक्षिणमा तराईका समथर फाँटदेखि भारतका उत्तर प्रदेश, विहार प्रदेशसम्म अवलोकन गर्न सकिन्छ । त्यस्तै पूर्वमा खोटाङ र भोजपुरको सिमाना ट्याम्के, मुलडाँडा, बाहारा पोखरीमा माथिको डाँडा र धनकुटाको अग्ला डाँडाहरु र पश्चिममा जिल्लाका अग्ला डाँडा र सिन्धुलीका केहि अग्ला डाँडाहरु अवलोकन गर्न सकिने स्थानीय राईले बताउनुभयो ।

पोखरीसम्म पुग्नका लागि सदरमुका गाईघाटदेखि कच्चि सडकको प्रयोग गर्नु पर्दछ । पोखरी संरक्षण तथा प्रवद्र्धनका लागि विश्व पर्यटन दिवसको अवसर पारेर पोखरी सरसफाई कार्यक्रम भएको स्थानयी राईले बताउनुभयो । पहिलेको भन्दा अहिले पोखरी दर्शन तथा घुमफिर गर्न आउनका लागि सहज भएको उहाँले बताउनुभयो ।

रौता पोखरीको दर्शन गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रही आएको छ । हिउँदयाम सुरु भएसँगै रौता पोखरीमा पुजा आरधना गर्ने भक्तजनहरुको निकै भिडभाड लाग्ने गर्दछ । पोखरीमा विशेष गरी नयाँ वर्षमा वर्षेनी मेला लाग्ने गरेको रौतामाई गाउँपालिका– ६ नम्बर वडाका वडासदस्य पृथ्वीकुमार राईले बताउनुभयो ।

रौताको दर्शन तथा घुमघाम गर्न, प्राकृतिक सौदर्यतामा रम्नका लागि छिमेकी जिल्ला मोरङको विराटनगर, सुनसरीको धरान, धनकुटा, सप्तरी, धनुषा, सर्लाही, काठमाण्डाँै लगायतका जिल्ला र ठाउँबाट पर्यटकहरु आउने गरेको वडा सदस्य राईले बताउनुभयो । सदरमुकाम हुदै कच्चि सडक प्रयोग गरेर पोखरी पुग्ने पर्यटकहरुले सकडको समस्या रहेको जनाएको उहाँले बताउनुभयो ।

पोखरीसम्मको यात्रामा कच्चि सडकको दुःख पिडा प्राकृतिक सौदर्यताले भुल्ने गरेको र पटक पटक आउनु पर्ने, घुम्ने पर्नेठाउँ भएको पर्यटकहरुले बताउनुभएको वडा सदस्य राईले बताउनुभयो । आँखैमा देखिने उत्तरको सेताम्य हिमाल र तराईको समथर फाँटसँगै हरियालीले पर्यटकको मन लोभ्याउने गरेको उहाँले बताउनुभयो ।

पालिकाले पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि नीति तथा कार्यक्रम नै तयार गरेको छ । पालिका भित्र रहेको जिल्लाकै प्रमुख धार्मीक तथा पर्यटकिय स्थल रौता पोखरी, ओडार झर्ना, सुके पोखरी, डहर पोखरी, चित्रेथाम, आलम्पुरे पिक्नीक स्पोर्ट, गुप्तेश्वर महादेव गुफा, झाक्री ओडार लगायतका पर्यटकिय स्थललाई पर्यटकिय विकास गर्ने गरी नीति तथा कार्यक्रममा समेटेको छ ।

प्रतिक्रिया