सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

४ जनालाई एकै आँखाको नानी

कात्तिक २८ गते । 

पहिलो पटक नेपालमा एक व्यक्तिको आँखाको नानीले चार जनालाई दृष्टि दिन सक्ने प्रविधि भित्रिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानले जनाएको छ ।

यस प्रविधिबाट एक व्यक्तिका दुईवटा आँखाले चार जनालाई दृष्टि दिन सकिने जनाएको छ । यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो ।

२०५१ सालमा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: