मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

३ दिने प्रशिक्षण तालिम सम्पन्न

सुशिला लामिछाने मगर
बेलका/कात्तिक ३० गते । 

उदयपुरको बेलकामा नेपाल मगर संघको तीन दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । मगर जातिको रितिरीवाज, भेष भुषा, सस्कार सस्कृतीलाई संरक्षण गर्ने उद्देश्यले संचालन भएको तालिम शनिबार सम्पन्न भएको हो ।

जिल्लाको आठवटै स्थानीय तहबाट नेपाल मगर संघ र भातृ संगठनका प्रतिनिधिहरुलाई मगरको भाषा, धर्म, रितिरीवाज, भेष भुषा, सस्कार सस्कृतीलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सात वटै प्रदेशमा संचालन हुने प्रशिक्षक केन्द्रिय सदस्य ढकबहादुर मगरले बताए ।

नेपाल मगर संघले सात वटै प्रदेशमा संचालन गर्न लागेको तालिम १ न. प्रदेशमा पहिलो पटक संचालन गरेको हो । नव युवाहरुले भाषा, धर्म, रितिरीवाज, भेष भुषा र सस्कार सस्कृति विर्सदै गएकाले यसको संरक्षण गरी राख्नका निम्ति तालिम संचालन गरेको प्रशिक्षक मगरले बताए ।

कार्यक्रमको सभापति अध्यक्ष भक्तबहादुर बुर्जा मगर, प्रमुख अतिथि केन्द्रिय सदस्य तथा प्रदेश न. १ का इन्चार्ज सारदा मगर र अन्य अतिथिहरुको अतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: