शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर, कात्तिक ३० गते । 

उदयपुरको कटारीमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–५ लालपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

साथीहरुसँग मिलेर स्थानीय मुखिया खोलामा करेन्टर लगाएर माछा मार्ने क्रममा एक्कासी करेन्ट लागेर स्थानीय खड्गबहादुर कटुवालको छोरा ११ वर्षीय कृष्ण कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका कटुवालको उपचारका लागि कटारी अस्पताल ल्याई उपचारको क्रममा ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबहादुर खत्रिको छोरा १५ वर्षीय सुरेश खत्री र दिर्घबहादुर श्रेष्ठको छोरा १४ वर्षीय आशिष श्रेष्ठसँग खोलामा माछा मार्न गएको थियो । अहिले खत्रि र श्रेष्ठ ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: