शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

८ औँ कर दिवसमा १० जना व्यवसायी सम्मानित

उदयपुर, मंसिर १ गते । 

आठौं राष्ट्रिय कर दिवसमा उदयपुरका १० जना व्यवसायी सम्मानित भएका छन् । गत आर्थिक वर्ष २०७५/०७६ मा सवै भन्दा बढी कर तिर्ने एक जना सर्वोत्कृष्ट र ९ जना उत्कृष्ट व्यवसायी सम्मानित भएका हुन् ।

आयकर सबैभन्दा बढी हिमगिरी सप्लार्यस एण्ड ट्रेडस कटारीले २३ लाख ५० हजार सात सय ५७ रुपैयाँ ९४ पैंसा बुझाएको सर्वोउत्कृष्ट व्यावसायीको रुपमा सम्मानित भएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले बताए । गत वर्षपनि हिमगिरी नै सर्वोत्कृष्ट कर तिर्ने व्यवसायिको रुपमा सम्मानित भएको उनले बताए ।  उत्कृष्ट कर तिर्नेमा कालिका सप्लार्यस एण्ड ट्रेडस, आशिष/आर्षिवाद जेवी, रौता/सन्तोषी एपेक्स जेवी,  हिमशिखर सप्लार्यस एण्ड ट्रेडस, आशिष/स्वामिनारायण/आर्षिवाद जेवी, एसके ट्रेडस, वरुवा निर्माण सेवा, रौता/सन्तोषी जेवी र सगरमाथा आयल डिपो रहेको प्रमुख बुढाथोकीले बताए ।

सर्वोउत्कृष्ट र उत्कृष्ट सवै भन्दा बढी आयकर तिर्ने, बाँकी बक्यौता र नियमिततालाई आधार मानेर छनौट गरिएको प्रमुख बुढाथोकीले बताए । अवका दिनमा कर शिक्षा, घरदैलो लगायतका अभियान सञ्चालन गरी छुटेका व्यापार व्यवसायीलाई करको दायरामा समेट्ने उनले बताए ।

कर सबैले तिर्ने पर्ने हुन्छ । करमा राज्यले दिएको छुट बाहेक जहिले पनि तिर्ने पर्ने भएकाले समयमै तिर्नु पर्ने प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले बताए । कर तिर्नुमा कुनै बहाना गर्नु भन्दा पनि आपुले तिरेको कर विकास निर्माणमा सहि प्रयोग भईरहेको छ कि छैन भनेर निगरानी गर्नु पर्ने उनले बताए ।

दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको दोस्रो दिन सोमबार व्यवसायी र कर्मचारीबीच मैत्रीपूर्ण खेल र क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: