सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

यौन धन्दा गरेको आरोपमा होटल संचालकसहित ९ जना पक्राउ

उदयपुर, मंसिर २ गते ।

गाईघाटका एक होटलले यौनजन्य क्रियाकलाप गराएको आरोपमा होटल संचालकसहित नौ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ का एसके पेट्रोल पम्प पछाडी सुष्मा राईले संचालन गर्दै आएको होटलबाट ३ महिला र ५ जना पुरुष पक्राउ परेका हुन् ।

त्रिनपा–१० निबासी राईले संचालन गर्दै आएको होटलमा होहल्ला र यौनजन्य क्रियाकलाप भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा संखास्पद अवस्थामा फेला परेका व्यक्तिहरु र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यौनजन्य क्रियाकलापमा संलग्न ३ महिला र छ पुरुषसहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: