शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, मंसिर २ गते । 

मोरङको सुन्दरहरैचामा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–८ बिराटचोकमा मोटरसाईकल र ट्रक एक आपसमा ठोकिदा मोटरसाईकल चालक पेशल केसीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रकले विपरित दिशाबाट आईरहेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक झापाको कन्काई नगरपालिका–३ निबासी ४४ वर्षीय केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका केसीको उपचारको लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका ट्रकमा सवार ईटहरीका यमपी रुस्तम र मित्रलाल न्यौपानेको उपचारको लागि विराटनर्सिङ होम पठाएको प्रहरीले जनाएको छ ।

ट्रक चालक फरार रहेकाले खोजलास भईरहेको र ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: