मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

भारत विरुद्ध विरोध प्रदर्शन

गाईघाट, मंसिर २ गते । 

भारतले नेपालको भु–भाग आफ्नो नक्सामा समावेश गराएपछि उदयपुरमा पनि माओवादी मजदुर पाटी र राष्ट्रिय जनमोर्चा पाटीले विरोध ¥याल प्रदर्शन गरेको छ । भारतले सार्वजनिक गरेको राजनीतिक नयाँ नक्सामा समावेश गरेका नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरा नक्साबाट तुरुन्तै हटाउनु पर्ने भन्दै विरोध ¥याली प्रदर्शन गरेको हो ।

पार्टी कार्यालबाट निस्केका विरोध ¥यालीले “कालापानी, लिपुलेख, लिम्पियाधुरा हाम्रो हो, विस्तारबादी भारत मर्दाबाद, भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेख, लिम्पियाधुरा फिर्ता गर, माओवादी मजदुर पाटी जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद !” लगायतका नाराबाजी गर्दै बजार परिक्रमा गरी पिपल चोकमा बृहत कोण सभा भएको थियो ।

भारतले सार्वभौम राज्य माथि अतिक्रमण गरेकाले छिटो भन्दा छिटो कुतनीतिक तवरबाट भारतले समेटेका नेपालको भु–भाग फिर्ता गर्नु पर्ने माओवादी मजदुर पार्टीका केन्द्रिय महासचिव हिमालसिंह राईले बताए ।  भारतले आफ्नो नक्सामा समेटेका लिम्पियाधुरा, कालापानी, लिपुलेख फिर्ता नगरे आन्दोलन चर्काउने उनले बताए ।

भारत स्वतन्त्र भएपछि नेपाललाई मित्रको रुपमा नहेरी विस्तारबादी तरिकाले नेपाली भु–भाग अतिक्रमण गर्दै आएको महासचिव राईले बताए । हाम्रो सार्वभौम राष्ट्र माथि भारतले हेर्ने दृष्ट्रिकोण जहिले पनि निज रहेकाले गोर्खालीको ताकत देखाउन परेपनि देखाउन तयार रहेको उनले बताए ।

कोणसभामा माओवादी मजदुर पाटीका प्रवता जगत कटुवालले भारतले नेपाली जमिन फिर्ता नगरे नेपालीले नछाड्ने बताएका छन् । आफ्नो भु–भाग भारतले खोस्दा पनि नेपाल सरकार गम्भिर नभएको प्रवता कटुवालले आरोप लगाएका छन् ।

विस्तारबादी भारतले नेपालीलाई हेपेकाले अव सवै एकजुट हुनु पर्ने राष्ट्रिय जनमोर्चा उदयपुर जिल्ला उपाध्यक्ष जसि राईले बताईन् । नेपाल प्रति भारतको हेपाहा प्रवितिलाई एकजुट भएर देखाउनु पर्ने समय आएको उनले बताईन् ।

प्रतिक्रिया

%d bloggers like this: