शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

देशकै पहिलो आधुनिक फलाम खानी कम्पनी स्थापना

मंसिर ३ गते ।

देशमै पहिलो पटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो ।

नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी सञ्चालनका थप प्रक्रिया अगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको ।

प्रतिक्रिया

%d bloggers like this: