बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

माघमा रिलिज हुने ‘दि कर्मा’

मंसिर ३ गते । 

आगामी माघमा चलचित्र ‘दि कर्मा’ सार्वजनिक गर्ने भएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै आगमी माघ १७ गते ‘दि कर्मा’ रिलिज हुने भएको हो ।

जयराज रायले निर्माण गरेको चलचित्रको निर्देशक देवकुमार श्रेष्ठले गरेका छन् । यस चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित कथालाई समेटिएको छ ।

भारतका मोडल करण वर्माको साथमा चलचित्रमा नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतकाको अभिनय रहेको छ । चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद गरिएको हो ।

प्रतिक्रिया

%d bloggers like this: