सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

उदयपुर, मंसिर ६ गते । 

चौदण्डिगढीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । चौदण्डिगढी नगरपालिका–९ भिमामा मोटरसाईकल दुर्घटना हुदा दिपक विकको मृत्यु भएको हो ।

चौनपाको बेल्टारबाट गाईघाट तर्फ जादै गरेको को ४ प ३८३६ नमबरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक कालाबन्जर गाउँपालिका–३ निबासी २३ वर्षीय दिपकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका दिपकको प्रथकि स्वास्थ्य केन्द्र बेल्टारमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उक्त मोटरसाईकलमा पछाडी सवार रमेश घाईते भएको र उनको उपचार प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया