शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

उदयपुरमा लघु उद्यमी बढ्दो

उदयपुर, मंसि ९ गते ।

उदयपुरमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट लघु उद्यमी बढ्दै गएको एक तथ्याङकले देखाएको छ । गत कात्तिक महिनासम्म नयाँ लघुउद्यमीको संख्या चार हजार ९० पुगेको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको तथ्याङकले देखाएको हो ।

जिल्लाकोे स्थानीय तह मध्ये सवै भन्दा कम उद्यमी लिम्चुङ्बुङ गाउँपालिकामा रहेको तथ्याङकले देखाएको छ । लघुउद्यम तर्फ बेलकामा ४ सय ४८, चौदण्डिगढीमा ७ सय ४८, त्रियुगामा १२ सय ३६, कटारी नगरपालिकामा ५ सय ६६, रौतामाईमा ३ सय ८७, ताप्लिमा २ सय १९, लिम्चुङ्बुङमा १ सय ६७ र उदयपुरगढी गाउँपालिकामा ३ सय २७ जना उद्यमी रहेको तथ्याङकले देखाएको छ ।

गत कात्तिकसम्म २८ सय १२ वटा उद्योग दर्ता भएको छ भने बाणिज्यमा २५ सय ९८ दर्ता भएको तथ्याङ्कले देखाएको छ । बेलकामा १ सय ८८, चौदण्डिगढीमा २ सय ८४, कटारीमा, ३ सय ६४ र त्रियुगा नगरपालिकामा १२ सय २७ उद्योग दर्ता भएको तथ्याङकले देखाएको छ । त्यस्तै रौतामाईमा ७२, उदयपुरगढीमा ८७, ताप्लिमा १८ र लिम्चुङ्बुङ गाउँपालिकामा ९ वटा उद्योग दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

पाँचौ उद्योग दिवसको अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा सोमबार बृहत कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले ‘जनतासँगै जनप्रतिनिधिहरु हुने भएकाले उद्योगीहरुको समस्या सरकार सामु पु¥उने र समाधान गर्न बताए । तर व्यावसायलाई निरन्तरता दिन आग्रह गरेका छन् । कुनै साना तिना समस्याले गर्दा उद्योग बन्द गर्ने तिर नलाग्न सुल्झाएको थियो ।

सरकारले ‘उद्योग’ शिर्षकमा विनियोजन गरेका बजेट सन्तोष जनक नभएको प्रमुख परियारले बताए । उद्योगीहरुको गुनासोलाई मध्य नजर गर्दै बैंकबाट पाउने सौलियत दरको ऋणको विषयमा बसेर बृहत छलफल गरी समस्याको समाधान गर्ने उनले बताए ।

सरकार तथा गैरसरकारी संघसस्थाबाट ‘तालिम’ शिर्षकमा छुटिएका बजेटले वास्तविक तालिम पाउनु पर्ने व्यक्तिले तालिम नपाई दोहोरो तेहरो तालिम लिने तर उद्योग संचालन गर्ने प्रवितिलाई नियन्त्रण गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले बताए । सही उद्यमीलाई पहिचान गरी तालिम दिनु पर्नेमा जोड दिएका छन् । उद्योग संचालन गर्ने हो भने नयाँपन हुन जरुरी छ । अवको दिनमा सवै मिलेर अघि बढे मात्रै उद्योगले संचालनमा सुधार हुने उनले बताए ।

उद्यमीमा आएको समस्याको समाधान गर्ने घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका निमित्त प्रमुख पाक्रम खाँले बताए । उनले भने ‘जिल्लालाई चिनाउने खालको उत्पादनमा जोड दिने छौँ । स्थानीय र नयाँ खालको उत्पादनमा उद्यमीलाई अगाडी बढाउने छौँ ।

विदेशी सामानले हस्तक्षेप गरेकै कारण स्थानीय उत्पादनले उचित स्थान पाउन सकेको छैन । सरकारले अहिले स्थानीय उत्पादनलाई केहि खुकुलो पारेपनि एउटा उद्योग दर्ता गर्न खोज्दा वडाको सिफारिसदेखि माथिसम्म दोहोरो तेहेरो कर तिर्नु पर्ने र विभिन्न झमेला हुने गरको उनले नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर शाखाका अध्यक्ष मधुकर थापाले बताए । उद्योगीलाई सहज वातावरण राज्यले व्यावस्था गनु पर्छ र उदयपुरलाई स्वदेशी उत्पादनमा आत्मनिर्भर बनाउन लागि पर्ने उनले बताए ।

क्षमता अनुसार र ईच्छा अनुसारको उद्योग खोल्न कसैले साथ नदिने बरिष्ठ पत्रकार कौशल चेम्जोङले बताए । स्थानीय स्तरको आर्थीक विकास गर्नका लागि सरकारले स्थानीय उत्पादनलाई कार्यन्वयन गर्नु पर्दछ । उद्योगले कला, सस्कार सस्कृति र धर्म जोगाउँछ । तर उद्योग भएन भने सवै लोप हुदै जाने उनले बताए । ऐलानी जग्गामा संचालन गरेको उद्योग दार्ता नहुने प्रक्रियालाई सरकारले चाँडै व्यावस्थापन गर्नु पर्ने चेम्जोङ्ले बताए ।

प्रतिक्रिया

%d bloggers like this: