मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

धमाधम, हरित अभियान

गाईघाट–नगरपालिकाको अगुवाईमा ‘त्रियुगाको रहर, स्वच्छ, सफा र सुन्दर नगर’ अभियान सन्चालन भएको छ । अभियान अन्तर्गत नगरपालिकाले सफा, सुन्दर, हरियाली, उज्यालो र समुन्नत त्रियुगा बनाउन नगरका सबै वडामा सरसफाइ, बृक्षारोपण र सोलार जडान कार्य सुरु गरिसकेको छ ।

उज्यालो र सफा दशै बनाउन नगरपालिकाले ‘उज्यालो र सरसफाइयुक्त दशै’ अभियान पनि सन्चालन गरेको छ । वडा र नगरस्तरीय योजनामा सरसफाइ, हरित, उज्यालो र समृद्ध सहर बनाउने योजना प्राथामिकतामा राखेको मेयर बलदेव चौधरीले बताए । नगरपालिकाले वडानं ६, १०, ११, १२ मा सबैभन्दा बढि सरसफाइ र उज्यालो अभियान चलाउने उनले बताए । यो अभियानमा प्लाष्टिकलाई प्रतिवन्ध लगाइने छ । यसअधि नै प्लाष्टिक मुक्त नगर भनेर त्रियुगालाई घोषणा गरिसकिएको छ ।

फोहोरमैला व्यवस्थापनअन्र्तगत कुहिने र नकुहिने फोहोर छुट्याउने ल्याण्डफिल बनाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले छुट््टै वद्यशाला, हरियाली नगरपालिकाका लागि प्रत्येक घरले एक वटा विरुवा अनिवार्य रोप्नु पर्ने व्यवस्था गरेको छ । दुईवटा बर्सपार्क, ढलको व्यवस्थापन, पार्क, सार्वजानिक शौचालय, पार्किङ, लामखुट्टेमुक्त सहर लगायतका योजना अघि सारेको छ ।

प्रकाशित मिति-२०७४ असोज १० गते

प्रतिक्रिया