सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ,मंसिर १२ गते । 

मोरङको बेलबारीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत बेलबारी नगपालिका–२ मा ट्रकको ठक्करबाट बलबहादुर लिम्बुको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले विहान ८ बजे तेह्रथुम बसन्तपुर नगरपालिका–४ निबासी ७० वर्षीय लिम्बुलाई ठक्कर दिएर मृत्यु भएको प्रहरीले बताए ।

ट्रकको ठक्करबाट घाईते भएका लिम्बुको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: