शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

विप्लव समूह परित्याग गर्दै बिज्ञप्ती जारी

पूर्णपुष्टि, मंसिर १२ ।
चाैदण्डिगढी नगरपालिका -४ घर भई हाल त्रियुगा नगरपालिका -१२ निवासी अनिता गजमेर भनिने पवित्रा बि.क. ले बिहिबार बिज्ञप्ती जारी गर्दै नेकपा माअाेवादी विप्लव समुह परित्याग गरेकाे जनाएकी छिन् । पार्टिकाे साधारण सदस्यसमेत नरहने गरि पार्टि परित्याग गरेकाे उनले जनाएकी छिन् ।
विगतमा साे पार्टीमा संलग्न भई सांगठनिक गतिबिधि गरेकाे भएपनि अबका दिनमा स्वतन्त्र जीवन यापन गर्ने जनाएकी छिन् । उनले पारिवारिक हेरचाहका साथ पारिवारिक जीवन ब्यातित गर्ने जनाएकी छिन् । विप्लव समुहकाे गतिविधिमा लागेकाे भन्दै प्रहरीले उनलाई केही दिनअघि नियन्त्रणमा लिएकाे थियाे । अबका दिनमा त्यस्ता गतिविधि परित्याग गरि स्वतन्त्र जीवन यापन गर्ने प्रतिबद्धता गरेपछि प्रशासनले नागरिक समाज, अधिकारकर्मी र केही राजनितिक दलकाे प्रतिनिधिकाे राेहबरमा छाडेकाे छ ।
उनलाई केही समयका लागि तारिक ताेकिएकाे छ । उनकाे बिज्ञप्ति र निवेदनकाे अाधारमा अबका दिनमा विप्लव समुहकाे गतिविधीमा नलाग्ने शर्तका तारिकमा छाडिएकाे प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले बताउनु भयाे ।

प्रतिक्रिया

%d bloggers like this: