बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

विश्व पर्यटन दिवस (उदयपुरका फोटोफिचरसहित)

हरेक वर्षको सेप्टेम्बर महिनाको २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने चलन छ । यो सन् २०१७ लाई संयूक्त राष्ट्रसंघले दीर्घकालिन पर्यटन संभावनाको प्रतिकका वर्षका रुपमा मनाउने घोषणा पनि गरेको छ । सन् १९८० का दिन सेप्टेम्बर २७ मा विश्व पर्यटन संघको औपचारीक शुरुवात गरिएको सम्झनामा बिगतको ३७ बर्षदेखि सेप्टेम्बर २७ तारिखकालार्इ विश्वभरका सरकारी, गैरसरकारी तथा समूदायबाट पर्यटन दिवस मनाइदै आइएको छ ।

रौता पोखरी

दीर्घकालिन बिकासका तिनै अवधारणाहरु आर्थिक, सामाजिक अनि वातावरणीय पक्षहरुको सुधार अनि बढोत्तरिकालागि पर्यटनको प्रमुख भूमिका हुने गर्दछ । संसारको सबैभन्दा ठूलो उधोगको रुपमा पनि लिइन्छ पर्यटनलाई । सहज पर्यटन संसारका सबैजनाको पहूँचमा हुनुपर्ने मान्यताका साथ यो दिवस मनाईदैछ ।

आजको दिनले नेपालको पर्यटकीय सौन्दर्य र सम्भावना दुवैलार्इ विश्व समाजको आँखामा सहज पहूँचकालागि सहयोग पुर्याउने प्रयास हर नेपालीले गर्नुपर्दछ । प्राकृतीक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनकालागि दूर्गम ठाउँ अत्यन्त कठिनाइकासाथ पुग्नुपर्ने अवस्था यथावतै छ । पर्यटक हाम्रा पाहुना हुन हृदय देखि स्वागत गरौं ।

उदयपुरमा पनि रौता, ताप्ली, उदयपुरगडी, चौदण्डीगडी, बेलका, मैनामैनी लगायतका पर्यटकीय एवम धार्मीक स्थलहरु छन् । जसको विकास प्रवद्र्धन र प्रचार प्रसार हुन नसक्दा त्यसको महत्व ओझेलमा परिरहेको छ । यसप्रति सबैको चासो जान आवश्यक छ ।

प्रकाशित मिति – २०७४ असोज ११ गते

प्रतिक्रिया