सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

उदयपुर, मंसिर १५ गते । 

उदयपुरको चौदण्डिगढीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रामपुर–फत्तेपुर सडक खण्डको चौदण्डिगढी नगरपालिका–४ शनिबारेमा मोटरसाईकल दुर्घटना हुदा दिपेन राईको मृत्यु भएको हो ।

गतराती करिब ८ बजे को ११ प ६९६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक चौदण्डिगढी नमुना चोक निबासी ३५ वर्षी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका राईको त्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सो मोटरसाईकल पछाडी सवार ३१ वर्षीय नारायण राईको उक्त उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया