शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ससुराले बुहारीको शव बुझे

पूर्णपुष्टि/मंसिर १७ गते । 

जिल्ला अस्पताल उदयपुरमा सुत्केरी गराउन ल्याएको बुहारीको मृत्यु पश्चात छोरा वेपत्ता भएपछि ससुराले बुहारीको शव बुझेको छ । गत आईतबार सुत्केरी गराउन ल्याइएकी गरिस्मा बुढाथोकीको अस्तालमा मृत्यु भएपछि ससुरा अमृतबादुर बुढाथोकीले शव बुझेको हो ।

उदयपुरगढी–८ फाट स्थायी ठेगाना भएको प्रेम बुढाथोकीले श्रीमती २६ वर्षीय गरिस्मालाई सुत्केरी गाउन भन्दै अस्पतालमा ल्याईएपछि श्रीमतीको मृत्यु पश्चात बेपत्ता भएको अस्पताले जनाएको छ । प्रेम बेपत्ता भएपछि उनको बुवा अमृतबहादुरले बुहारीको शव बुझेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: