आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

दशैंमा इन्धन अभाव नहुने

पूर्णपुष्टि, असोज ११ ।

गाईघाट–दशैंको अवधिमा इन्धन अभाव नहुने भन्दै नेपाल आयल निगमले प्रतिबद्धता जनाएको छ । निगमका अनुसार पर्याप्त भण्डारण रहेको र आपूर्ति सहज भएकाले आपूर्ति सहज हुने भएको हो ।

निगमका हरेक डिपोमा पूर्ण क्षमताको उपयोग गरेर पर्याप्त मौज्दात राखिएको निगमले जनाएको छ । निगमको देशभर विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार सञ्चित गरिएको जनाएको छ ।

विराटनगर, चारआली, भद्रपुर, जनकपुर, अमलेखगञ्ज, वीरगञ्ज र काठमाडौंमा निगमका डिपो छन् । यस्तै, मन्थली, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, दिपायलमा पनि डिपो रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा पनि कुनै समस्या नहुने निगमले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: