शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

वैदेशिक रोजगारीसँगै मानव बेचविखन बढ्दो

मंसिर २० गते । 

वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा सरकार लागि परेको बेला मानव बेचविखनमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको हो ।

वैदेशिक रोजगार व्यवसायमा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ ।

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी  सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् ।

यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । 

प्रतिक्रिया

%d bloggers like this: