सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

बिग बारमा आगलागी

मंसिर २२ गते । 

सुनसरीको एक विग बारमा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको हो ।

गतराती १ बजे लागेको आगो ९ वटा दमकलको सहायतामा साढे तीन घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरि आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बारको चौथो तलामाथि आगो लागेकाले आगो नियन्त्रणमा लिन निकै मुस्किल भएको थियो । बन्द रहेको बारमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: