शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

नयाँ ईतिहासमा गौरिकाको ४ स्वर्ण

मंसिर २३ गते

नेपालकी गौरिका सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण जित्दै नयाँ कीर्तिमानी कायम बनाएकी छिन् ।

सातदोबाटोमा भएको एक सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । निर्धारित दुरी ५८.१३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गर्दै स्वर्ण जितिकी हुन् ।

आइतबार भएको एउटै सागमा तीन स्वर्ण जित्दै गौरिकाले कीर्तिमान बनाएकी थिइन् । सोमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगको कीर्तिमान बराबरी गरेकी छिन् ।

विष्टले आठौँदेखि एघारौँ सागमा चार स्वर्ण जितेका थिए । गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।

त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइन् । यस १३औँ सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया

%d bloggers like this: