बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

दोस्रो नगर अन्तर विद्यालय प्रतियोगिता शुरु

राजेन्द्र दुष्ट
बेल्टार/मंसिर २६ गते ।

चौदण्डीगढीमा संचालित निजि विद्यालयहरुको छाता संगठन, आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) को आयोजनामा दोस्रो चौदण्डीगढी गनर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको सुरु भएको छ ।

७ नं. वडा स्थित प्रस्तावित सहित रामप्रसाद राई खेल मैदान बेल्टारमा विहिबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटन गर्नु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख राईले भन्नु भयो, “खेलकुदजगतले आफ्नो घरपरिवार, अभिभाबक, विद्यालय, स्थानीय तहको मानमर्यादा, ईज्जत त राख्ने नै भयो त्यसमा अझ  भविस्यमा देशलाई अन्तराष्ट्रसम्म चिनाउन ठुलो योगदान पुग्ने भएकोले शिक्षा र स्वास्थ्यलाई संगसंगै मिलाएर अगाडी बढियो भने पक्कै पनि सफल हुने प्रेरणा मिल्ले बताउदै प्रतियोगिताको शुभकामना व्यक्त गर्दछु ।”

उद्घाटनको दिन भने १ सय मिटरको दौड,ज्याव्लीङ थ्रो,  स्पोन रेस, बौद्धिक परिक्षण र फोर एक्स रेस गरी ४ वटा मात्र खेलहरुको प्रतिस्पार्धा गरिने चौदण्डीगढी नगर प्याब्सनका अध्यक्ष सुशिल प्रधानले जानकारी दिनु भयो । अध्यक्ष प्रधानकानुसार प्रावि, निमावि र मावि गरी जम्मा १४ वटा विद्यालयले सहभागिता जनाएको पनि बताउनु भयो । प्रतियोगिता आगामी २८ गते सम्म संचालन हुने प्याब्सन सचिव अशोक राईले जानकारी दिनु भयो ।

कार्यक्रममा शिक्षाविज्ञ राजकुमार ओझा, प्याव्सनका केन्द्रीय सदस्य जनक कार्की, स्थानीय समाजसेवीहरु गोपाल राई, शम्भू पौडेल,लगायतले पनि प्रतियोगिताको शुभकामना व्यक्त गरेका थिए । प्रतियोगितामा विजयी समुहहरुले नगद, ट्रफि र प्रमाण पत्रहरुले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस पटक फुटबल र भलिबल बाहेकका सबै खेलहरुको प्रतिस्पर्धा गरिने आयोजकले जनाएको छ । उद्घाटान खेलमा प्याब्सनका अध्यक्ष प्रधानको सभापतित्व र सचिव राईको संचालनमा प्रतियोगिता भईरहेका्े छ ।

प्रतिक्रिया