शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बम विष्फोटमा २ को मृत्यु ६ जना घाइते

मंसिर २८ गते । 

धनुषाको छिरेश्वरमा बम विष्फोट हुदाँ दुई जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । छिरेश्वर नगरपालिका–५ महेन्द्रनगर बजारमा गतराती बम विष्फोट हुँदा दुई जनाको ज्यान गएका हुन् ।

महेन्द्रनगर निबासी राजेश्वर साह र उनका छोरा आनन्द साहको ज्यान गएको प्रहरीले जनाएको छ । घर नजिकै राखिएको बम विस्फोट हुँदा शाहका अर्का छोरा प्रकाश र छोरी अञ्जली र प्रहरी निरीक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो र अरु दुई जना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

दाहाल र महतोको जनकपुरमै उपचार भइरहेको छ भने प्रकाश र अञ्जलीको धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: