शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

प्रभाकारी बन्दै ‘म अघि बढ्छु’

उदयपुर, मंसिर २८ गते ।  

१ नम्बर प्रदेश सरकारले सञ्चालनमा ल्याएको अभियान ‘म अघि बढ्छु’ले उदयपुरमा तीब्रता पाएको छ । १३ वर्ष पूरा भई १९ वर्षसम्मका किशोर किशोरीहरुलाई सामाजिक आचारण र नैतिकवान बनाउने लक्ष्यका साथ सञ्चालित भएको अभियानले तिब्रता पाएको हो ।

जिल्ला व्यापी अभियानअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेस्थित उदयसी इङ्लीस बोर्डिङ स्कुलका चार सय ५० विद्यार्थीलाई ब्याच बितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी धुर्बबहादुर खड्काबाट सगरमाथा टिन्स क्लव उदयसीका विद्यार्थीहरुलाई ब्याच बितरण गरिएको मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले बताए ।१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सञ्चालित ‘म अघि बढ्छु’ अभियान मुख्यगरी किशोर किशोरीलाई आचरणमा परिवर्तन, नैतिकवान बनाउने, समाजप्रति सकारात्मक बनाउने उदेश्य रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रजिअ तथा सगरमाथा टिन्स क्लवका जिल्ला अनुगमन समिति संयोजक खड्काले ‘म अघि बढ्छु’ अभियान जिल्लामा फलदायी बनीरहेको प्रतिक्रिया दिए । उनले किशोर किशोरीको नैतिकवान मात्र नभई समाज प्रति जिम्वेवारी र प्रतिष्ठितसमेत बनाएको बताए ।

बढ्दो लागुऔषध दुव्र्यसनी, कुलत बाटो, कुसंस्कार, विकृति विसंगतीमा जानबाट यो अभियाले सघाउ पुर्याएको बताए । कार्यक्रममा अनुगमन समितिका सदस्य सचिब तथा जिल्ला शिक्षा इकाई विकास शाखाका प्रमुख केदार गिरी, सदस्य तथा जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगर, सदस्य नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, बिद्यालयका व्यवस्थापन समितिका सचिब कोविद काफ्लेले पनि अभियान प्रभावकारी बन्दै गएको बताए ।

जिल्लाका आठ वटै स्थानीय तहमा कार्यक्रम पुर्याउन सके बिद्याथीहरुमा सकारात्मक प्रभाव पार्ने बताए । अभियानअन्तर्गत बिभिन्न विद्यालयमा गठित सगरमाथा टिन्स क्लव (एसटीसी) का विद्यार्थीहरुले आआफ्नो समुदाय र बिभिन्न सार्वजनिक कार्यक्रममासमेत महिला हिंसाबिरुद्धको १६ दिवसीय अभियानमा समेत बिभिन्न कार्यक्रम गरी सहभागिता जनाइरहेको मुख्य प्रशिक्षक चौलागाईले बताए ।

कार्यक्रमअनुसार प्रदेशका सबै माध्यामिक विद्यालयमा हप्ताको १ दिन सोही विद्यालयका एक शिक्षकलाई शिक्षक नायक घोषणा गरी एउटा कक्षा नैतिक शिक्षा सम्बन्धी पढाइ हुने गरेको छ । उदयपुरमा पनि झण्डै डेढसयबढी सरकारी तथा निजी विद्यालयमा सगरमाथा टिन्स क्लव गठन भईसकेको प्रमुख प्रशिक्षक चौलागाईले जानकारी दिए । चौलागाईका अनुसार क्लव गठन भएकामध्ये ३० वटा विद्यालयमा ब्याच बितरणसमेत भईसकेको छ । बाँकी विद्यालयमा पनि कम्तिमा २ महिनाभित्र ब्याच बितरणको काम सकिने चौलागाईको भनाई छ ।

प्रतिक्रिया

%d bloggers like this: