शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आगलागी बाट १५ लाख बराबरको क्षती

कटारी मंसिर, २९

कटारी नगरापालिका ८ पाखाटोल स्थित आगलागी बाट २ ओटा घर जल्दा १५ लाख बराबरको क्षेती पुगेको छ । कृष्ण श्रेष्ठको घरमा शनिवार करिब ४ः३० बजेको समयमा आगलागी हुदा १५ लाख बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

आगलागीबाट नगद रु ५० हजार सहित अन्नपात, लत्ता कपडा, भाडा वर्तन, काठपात, र आवश्यक कागजात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

आगलागी बाट मानव र चौपायाको भने क्षती नभएको प्रहरीले जनाएको छ । स्थाई प्रहरी चेक प्वाइन्ट वेतेनी बाट खटिएको टोली र स्थानीयहरुले आगो नियन्त्रणमा लिएको थियो । ५ बर्षको बच्चाले लाईटर खेलाउने क्रममा गोठबाट आगो सल्कीदा आगलागी भएको हो ।

 

प्रतिक्रिया

%d bloggers like this: