शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

जसिज उदयपुरमा ललित अध्यक्ष

पूर्णपुष्टि, मंसिर २९ ।

उदयपुर जेसिजको अध्यक्षमा ललितकुमार नायक चयन भएका छन् । शनिबार भएको जेसिजको नवौं साधारण सभा तथा अधिवेशनबाट नायक अध्यक्षमा चयन भएका हुन् ।

समितिको कार्य कारीणी उपाध्यक्षहरुमा ताराबहादुर खडका र व्रहमदेव महतो चयन भएका छन् भने उपाध्यक्षहरुमा संगिता घिमिरे, इश्वर मान राई, सौगात केशी र नविता कुमारी यादव चयन भएका छन् । त्यस्तै महासचिवमा अनुप ढुंगाना मनोनित भएका छन् । उपमहासचिव विष्णु कार्की, सह कोषाध्यक्ष नितान्त थापा मनोनित भएका छन् । आर्थिक संयोजकमा मिथुन ठाकुर, तालिम संयोजक मोनालिसा पराजुली, युवा संयोजक पवन राउत, महिला संयोजक अनिसा बुढाथोकी मनोनित भएका छन् । अन्य मनोनितमा प्रकरण प्रमुख पुर्षोत्तम सापकोटा, व्यवस्थापन प्रमुख शिवकुमार यादव रहेका छन् ।

कोषाध्यक्ष, कानुनी सल्लाहकार र जन सम्पर्क अधिकारी पदमा मनोनित बाँकी छन् । आगामी पदस्थापन कार्यक्रममा मनोनित पुरा गरिने जनाइएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: