शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सडक सुशासन र दुर्घटना न्यूनिकरणमा जोड

पूर्णपुष्टि, मंसिर ३० गते ।

ट्राफिक नियमको पूर्ण पालना गर्दै सडक सुरक्षा, सडक अनुशासन कायम गर्न सकेको खण्डमा दुर्घटना न्यूनिकरण हुने एक कार्यक्रममा बताइएको छ । सडक सुशासन तथा दुर्घटना न्यूनिकरण सम्बन्धी सोमबार गाईघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

राजमार्ग अवरोध हटाउने जिल्ला समन्वय समिति उदयपुरको आयोजना तथा यातायात व्यवस्था सेवा कार्यालयआयोजि गाईघाट र जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वयमा भएको कार्यक्रममा चालक, यात्रु तथा यातायात व्यवसायीहरुलाई दुर्घटनाका कारण र न्यूनिकरणका उपायको बारेमा बताइएको थियो । सडक सुशासनको बारेमा यातायात कार्यालय र ट्राफिक नियम र दुर्घटनाको कारण र बच्ने उपायको बारेमा ट्राफिक कार्यालयले जानकारी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धूबबहादुर खड्काले सडक दुर्घटना जटिल बन्दै गएको र जिउधनको क्षती बढ्दै गएकोप्रति सबै सचेत र सतर्क हुनेपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले सबैले आ आप्mनो ठाउँबाट सडकमा अनुशासित भई प्रस्तुत हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी उदयपुरका प्रमुख एसपी गाहरधन राईले लापरवाही नै दुर्घटनाको प्रमुख कारण रहेको भन्दै सडक र सवारी साधनमा कहिल्यै लापरवाही गर्नुनहुने बताउनुभयो ।

सडक प्रयोग, सवारी सञ्चालन र यात्राको बारेमा कानूनको अध्ययन परिपालनासंगै व्यवहारमा विशेष र सचेतता अपनाउनु पर्ने जोड दिइएको छ ।

कार्यक्रमका सहभागि जनप्रतिनिधिहरुले आप्mनो तर्फबाट दुर्घटना न्यूनिकरणलाई टेवा पुर्याउने प्रतिबद्धता जनाए । सहभागि चालकहरुले सवारी चलाउदा सचेतता अपनाउने प्रतिबद्धता जनाए भने नागरिक समाजले चेतना फैलाउनमा मद्दत गर्ने बताए ।

प्रतिक्रिया

%d bloggers like this: