आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

रेडियो उदयपुर, महिला सशक्तिकरणमा सफलता

पूर्णपुष्टि, मंसिर ३० गते ।

महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको ११ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सोमबार त्रियुगा नगरपालिका ९ राजाबासस्थित ओरेक सभाहलमा भएको छ ।

“सशक्तिकरण र समानताका लागि हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित कार्यक्रममा केन्द्रको गतिविधी र प्रगति प्रस्तुत गरिएको थियो । मुख्य गरी केन्द्रले महिला केन्द्रित सामुदायिक रेडियो सञ्चालन गर्दै आएको छ । सामुदायिक रेडियो उदयपुर  एकसय चार थोप्लो दुई मेगाहर्जको प्रशारणले महिलाको क्षेत्रमा महत्वपूर्ण सशक्तिकरणको भूमिका खेलेको उल्लेख गरिएको थियो ।

केन्द्रकी अध्यक्ष मन्दिरा दनुवारको अध्यक्षता तथा पूर्व सहरी विकास राज्य मन्त्री मन्जु चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद अम्बिका थापा, सञ्जा दनुवार, जिल्ला समन्वय समिति उयदपुरकी उपप्रमुख गंगा राई, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगर, बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरी लगायतको उपस्थिति थियो । त्यसैगरी गैर सरकारी संस्था महासंघकी सल्लाहकार सिर्जना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई, जिल्ला अध्यक्ष सुमन परियार, महिला मानवअधिकार सञ्जाल उदयपुरकी अध्यक्ष माया भण्डारी, आभास अभियानकी केन्द्रिय संयोजक नजबुल खान निलम, त्रियुगा नगरपालिका १६ नं. वडासदस्य गोमा कार्की लगायतको पनि उपस्थिति थियो ।

अतिथीहरुले महिला सशक्तिकरण र रेडियो सञ्चालन प्रभावकारी रहेको जनाउदै अझ सफलताको कामना व्यक्त गरेका छन् । साथै आ आप्mनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । अधिवेशनले आजै बेलुकासम्ममा नयाँ कार्यसमिति पनि चयन गर्ने जनाइएको छ ।
फोटो :

प्रतिक्रिया

%d bloggers like this: