शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

प्रथम जिल्ला अधिवेशबाट राई निर्बाचित

उदयपुर, पुस १ गते । 

नेपाल फोटो पत्रकार महासंघ शाखा उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट सर्वसहमत गजेन्द्र राई निर्बाचित भएका छन् । सदरमुकाम गाईघाटमा मंगलबार भएको अधिवेशनले नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सह–सचिव समेत रहेका राई निर्बाचित भएका हुन् ।

“पेशागत मर्यादा सवैको माथ, पर्यटन वर्ष २०२०लाई हाम्रो साथ” भन्ने मुल नाराको साथ भएको बृहत अधिवेशनबाट उपाध्यक्षमा अप्सरा समालमगर, सचिव देवराज राई, सह–सचिव ईश्वर बलम्पाकी मगर, कोषाध्यक्ष गंगा राई चयन भएका हुन् । त्यस्तै दसस्यहरु क्रमशः राकेश नेपाली, विक्रम राई, चित्रकुमार कार्की र रिता राउत चयन भएका छन् भने दुई जना मनोनय गर्ने गरी ११ सदस्य कार्य समिति चयन भएको हो ।

त्यस्तै केन्द्रिय प्रतिनिधि गजेन्द्र राई, प्रदेश सदसयमा अप्सरा समालमगर र देवराज राई निर्बाचित भएको थियो ।

फोटो पत्रकारीता संवेदनशील रहेकाले सचेत भएर काम गर्नु पर्ने बरिष्ठ पत्रकार कौशल चेम्जोङ्ले बताए । द्वन्द्वकालमा भएका घटनाको स्मरण गर्दै राम्रो र चाख लाग्दो पेशा भएपनि उतिकै जोखिम हुने भएकाले सचेत भएर काम गर्नुमा जोड दिएका छन् । कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ पत्रकार कौशल चेम्जोङ, विशेष अतिथि नेपाल पत्रकार महासंघ १ नं प्रदेश सचिव हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखा उपाध्याक्ष भोटराज राई र अतिथिहरु क्रमशः प्रेस संगठन नेपाल जिल्ल संयोजक गणेश उप्रेती लगायतका आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया