शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

बोलेरो दुर्घटनामा ३ को मृत्यु, ५ जना घाईते

उदयपुर, पुस ३ गते । 

उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । उदयपुरगढी गाउँपालिका–३ को गोठडाँडामा विहान करिब ९ः१५ बजे बोलेरो दुर्घटना हुदा तीन जानको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय नम्बर प्लेट भएको एस्के ०१ टिपी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकदेखि करिब दुई सयम मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका–३ निबासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको मृत्यु भएको थियो । घाईते भएका पाँच जानको कटारी अस्पतालमा उपचार र्भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) वीरबहादुर बुढा मगरले बताए ।

प्रतिक्रिया

%d bloggers like this: