शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

गाईघाटमा गायक फिरोजले नचाए

पूर्णपुष्टि, असोज १३ गते ।

गाईघाटमा दशैँ बिषेश कन्सर्ट सम्पन्न भएको छ । युनिक इभेन्ट म्यानेजमेन्टको आयोजना तथा स्पिड डिउ, यु.एन मोटरसाईकल, परी कलेक्सन लगायतको सहयोगमा बिहिबार कन्सर्ट आयोजना गरिएको हो ।

बडा दशैँ, तिहार र छठ पर्वको स्वागत तथा शुभकामना आदान प्रदान गर्दै चाँडपर्वलाई सभ्य र भब्य तरिकाले मनाउन सन्देश बाड्ने उदेश्यका साथ कन्सर्टको आयोजना गरिएको हो । कन्सर्टमा राष्ट्रिय तथा स्थानीय स्तरका कलकारहरुले कला प्रस्तुत गरेका थिए । उनीहरुले नृत्य र गायन प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिलाए ।

गायक फिरोज बस्नेतले आफ्ना चर्चित गीतहरु गाएर दर्शक नचाए । त्यस्तै स्थानीय कलकारहरु निरोज बिक, आयुष राई, लगायतले पनि कन्सर्टको सो बढाएका थिए । युनिट डि थ्रीले नृत्य प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

%d bloggers like this: