शुक्र, साउन २३, २०७७
Fri, August 7, 2020

बेलकामा माँघेसंक्राति भव्य

बेलकामा/ माघ १,
बेलकामा माघेँ संक्राति भब्य मानाईएको छ ।  छोरीचेलीलाई पुज्ने र पितृलाई सम्झदै यो पर्व मनाइएको हो ।  बेलका मगर संघको आयोजनामा शुभकामना आदान प्रदान सँगै यो बर्ष पनि भब्य रुपमा मनाईएको हो । मगरहरु एकजुट भएर अगाडी बढ्न नेपाल मगर संघकी केन्द्रीय अध्यक्ष सारदा मगरले सुझाइन् । मगरले सङगठन गर्दै मगरहरु हिन्न परेको बिडम्वना रहेको बताइनन् । उनले आफु मगर भए पनि थरको पछाडि मगर नलेखेका मगरहरु गैरमगर भएको बताइन ।

कार्यक्रममा प्रदेश नम्बर १ का माननीय साम्सद नारायण बुर्जा मगरले  आर्थिक सामाजिक र राजनितिकरुपमा मगरहरु पछाडि पारिएको बताए । उनले इतिहासका विभिन्न काल खण्डमा मगरहरुले राष्ट्रलाई दीएको योगदानलाई मगरहरुले गर्भ गर्नु पर्ने पनि बताए  ।  बेलका नगरपालिकाकि उप प्रमुख राजकुमारि चौधरिले मगरहरुले एकता सधै कायम रहनु पर्ने बताईन । उप प्रमुख चौधरिले नगरका सबै गतिविधिमा सबै समुदाय होस्टेमा हैसे गरि रहेको बताइन । उनले उत्पादनमूलक र सीप मुलक कार्यमा मगरहरु लागि परि रहको बताइन् ।

नेकपाका बेलका नगरका अध्यक्ष मनोज तामाङले मगरहरु साहसि रहेको बताए । नगरका नेकपाका सचिव गणेश बस्नेतले सहयोगि भावना मगरहरुमा रहेको बताए । नेपाल मगर सङघ प्रदेश नम्बर १ का सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष वसन्त मगरले माघ १ मा सरकारले सार्वजनिक बिदा दिने बताए ।

जनजाति महासङघ उदयपुरका सदस्य जयराम पुर्वछानेले माघ १ लाई पर्व सङगै आन्दोलनका रुपमा मगरहरुले मनाउने बताए । नेपाल जनजाति महासङघ बेलकाका अध्यक्ष ललित राईले जनजातिले हर्ष उल्लासमा आफ्नै चाडपर्व मनाउन नसकि रहेको बताए ।अध्यक्ष राईले जनजातिहरुका विभिन्न सेवा सुविधामा सरकार कटौति गर्न लागि परेको बताए । उनले मगरहरुको यो जनमानसले जुनसुकै राजनितिक दल आकरशीत हुन सक्ने बताए ।

सङघिय समाजवादिका नगर अध्यक्ष सुरेन्द्र राईले मगरहरु नेपमलको इतिहासमा अग्रणि स्थानमा रहेको बताए । मगर सङघका केन्द्रीय सदस्य शारदा मगर, प्रदेश नम्बर १ का माननीय साम्सद नारायण बुर्जा, बेलका नगरपालिकाकि उप प्रमुख राजकुमारि चौधरि, नेकपा बेलकाका अध्यक्ष मनोज तामाङ, सचिव गणेश बस्नेत , समाजवादिका सुरेन्द्र राई, वडा अध्यक्ष भरत मगर र वसन्त मगर, मगर सङघ उदयपुरका अध्यक्ष भक्त मगर, जनजाति महासङघ बेलकाका अध्यक्ष ललित राई, देदवुका कर्ण श्रेष्ठ, जनजातिमहासङघ उदयपुरका उपाध्यक्ष टिकाराम थामि, जातिय प्रमुखहरु सिताराम श्रेष्ठ , तस्बिर मोक्तान आदिको उपस्थिति र स्थानिय क्लवहरुको सहयोगमा कार्यक्रम सम्पन्न भयो ।

साथै १३औ दक्षिण यसियालि खेलकुद सागको हालै सम्पन्न खेलमा करातेबाट संवरण पदक बिजेता बेलका नगरपालिका वडा नम्बर १ आम्वासिकाि सङगिता मगरलाई नगदका साथ सम्मान पत्रका साथ सम्मान गरियो। कार्यक्रममा जलकन्या सास्कृतिक युवा समुहले विशेष साङगितिक प्रस्तुति राखेका थिए ।

 

प्रतिक्रिया

%d bloggers like this: