सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

तासको खालमा छापा, ७ पक्राउ

पूर्णपुष्टि, असोज १४ गते ।

गाईघाट–उदयपुरको सदरमुकाम गाईघाट बजारबाट शुक्रबार प्रहरीले छापामारी तास खेलिरहेका सात जनालाई पक्राउ गरेकोमा एकपटकका लागी माफी दिएको भन्दै प्रहरीले छाडेको छ ।

त्रियुगा नगरपालिका वडा नंं ११ स्थित एक होटलबाट शुक्रबार राती पक्राउ परेका विष्णुकुमार श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शुरेश पराजुली, राजु तुलाधर, अरबिन खत्री, हिराकाजी राई र प्रमोद पोखरेललाई पक्राउ गरी छाडेको हो । प्रहरीले ५२ पत्ती तास र १ लाख ५६ हजार ४ सय ८५ नगदसमेत बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टका अनुसार उनीहरु पेशेवर नदेखिएको र दशैंको बेला भएकोले एकपटकका लागि माफी दिई छाडिएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: