
पूर्णपुष्टि,चैत्र १४ । साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ मा समूह चरणको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ । मंलवार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको हो ।
खेलको आठौं मिनेटमा नेपालका लागि सेनु परियारले एक गोल गर्दा बंगलादेशकी सागोरिकाले ७५ मिनेटमा एक गोल फर्काइन् । त्यसपछि नेपालमाथि बंगलादेशले लगातार दबाब दिएको थियो।
यसअघि नेपालले रसियासँग ३–० र भारतसँग ४–१ को हार बेहोरेको थियो । नेपालले भुटानलाई भने ५–० गोलले पराजित गरेको थियो । प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।
