ताप्ली गाउँपालिकाको ४१ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता
पूर्णपुष्टि/ ताप्ली, असार ११
उदयपुरको ताप्ली गाउँपालिकाको १९औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४१ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राख्दै बजेट सार्वजनिक गरेको हो।
गाउँसभामा प्रस्तुत बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, आधारभूत सेवाको गुणस्तरीय विस्तार तथा दिगो विकासलाई मुख्य लक्ष्य बनाएको गाउँपालिकाले जनाएको छ। बजेटमार्फत नागरिकको जीवनस्तर उकास्ने, उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
गाउँपालिकाले “उज्यालो ताप्ली, दिगो विकास, बालमैत्री सहितको पूर्वाधार, स्वास्थ्य, रैथाने कृषि, पर्यटन, रोजगार, हरियाली ताप्ली समृद्धिको आधार” भन्ने मूल नारासहित बजेट ल्य...









