देउरीमा त्रियुगा नगर अस्पतालको शिलान्यास
बिरसबाबु शाही /पूर्णपुष्टि
२१ असोज २०८३ उदयपुर ।
त्रियुगा नगरपालिका–५ देउरीमा निर्माणाधीन त्रियुगा नगर अस्पतालको शिलान्यास गरिएको छ। भारतीय राजदूतावासका द्वितीय सचिव नारायण सिंहले भूमिपूजन गरी अस्पतालको शिलान्यास गरेका हुन्।
थारू आदिवासी बाहुल्य क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको त्रियुगा नगरपालिकाले जनाएको छ। शिलान्यास कार्यक्रममा नगर प्रमुख बसन्तकुमार बस्नेतले नगर अस्पताल सञ्चालनमा आएपछि देउरीलगायत आसपासका नागरिकले सदरमुकामसम्म धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरे।
नगर उपप्रमुख महेश्वरी राईले भारत र नेपालको सम्बन्ध रोटी–बेटीको सम्बन्धभन्दा पनि व्यापक रहेको उल्लेख गर्दै स्थानीय जनताको सेवाका लागि नगर अस्पताल महत्वपूर्ण पूर्वाधार बन्ने बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदू...









