Wednesday, September 30News That Matters

विद्यालय स्तरमा आँखा जाँच

पूर्णपुष्टि/गाईघाट, असोज

उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालले विद्यालयस्तरका विद्यार्थीहरूको आँखा जाँच गरी निःशुल्क चस्मा वितरण गरेको छ।

अस्पतालले त्रियुगा नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टि परीक्षण गरी समस्या देखिएकाहरूलाई निःशुल्क चस्मा प्रदान गरेको हो।
अस्पतालको प्राविधिक टोलीले प्रत्यक्ष रूपमा विद्यालयहरूमै पुगेर विद्यार्थीहरूको आँखा परीक्षण गरेको थियो। सो क्रममा दृष्टिमा समस्या (दृष्टिदोष) पहिचान भएका विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताअनुसारको चस्मा निःशुल्क उपलब्ध गराइएको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो।
आँखाको दृष्टि कमजोर भएकै कारण धेरै विद्यार्थीले पढाइमा कठिन महसुस गर्ने तथा शैक्षिक प्रगतिमा बाधा पुग्ने गरेको भन्दै अध्यक्ष राउतले यो कार्यक्रमले उनीहरूको दैनिक पठनपाठन र शैक्षिक गतिविधिमा ठूलो सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यार्थीहरूमा देखिने दृष्टिसम्बन्धी समस्यालाई समयमै पहिचान गरी उचित उपचार तथा सहयोग पुर्‍याउने उद्देश्यले अस्पतालले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।